तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा प्रहरी र तस्करबिच झडप, तीन राउन्ड हवाई फायर

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मङ्गलवार दिउँसो तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा झडप भएको हो ।

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर समेत गरिएको उहाँले बताउनुभयो ।

ती घरको खानतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button