दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा तामाङ नियुक्त
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङ नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्