तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काको संसदमा आज नयाँ राष्ट्रपतिको  चुनाव हुँदै 

काठमाडौं । विषम आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्काको संसदमा मतदान मार्फत नयाँ राष्ट्रपति चयन गर्ने कार्यक्रम रहेको छ । 

श्रीलङ्काका हालका प्रधानमन्त्री रनिल विक्रमासिंहेलाई सत्तारुढ पार्टीले आफ्नो उम्मेदवार बनाएको छ । 

तर प्रदर्शनकारीले पूर्व राष्ट्रपति गोटाभया राजपाक्षे सहित प्रधानमन्त्री विक्रमासिंहेको पनि राजीनामा मागेका थिए । 

प्रतिपक्षी पार्टीले डुल्लास अलापपेरुमालाई आफ्नो उम्मेदवार बनाएको छ । 

आजको मतदानबाट चुनिने राष्ट्रपतिले सन् २०२५को नोभेम्बर महिना सम्म  देश चलाउने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button