तपाईँ सुन्दै हुनुहुन्छः

पानी अभावले बागमती प्रदेशमा ४३ प्रतिशतमात्र रोपाइँ

फाइल तस्बिर

बागमती । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको  अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ ।

प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । 

रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मलकाको अभावले किसान समस्यामा परेका हुन्  ।

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र  सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ ।

प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा  ७० प्रतिशत तथा  चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ ।

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ ।यस प्रदेशमा  खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन  अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा  पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६/७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन  तथा  २०७५/७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिकटन धान उत्पादन भएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button