तपाईँ सुन्दै हुनुहुन्छः

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल सुरु भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा  सांसद द्वय प्रेम सुवाल र राजेन्द्रप्रसाद गौतमले विधेयकमाथि संशोधनका बुँदा प्रस्तुत गर्नुभयो । 

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा जस्तो  कुलपति प्रधानमन्त्री हुने प्रावधान नराखी प्राध्यापकहरूबिच निर्वाचन गराएर योगमाया आयुर्वेद विश्वविद्यालयमा कुलपति नियुक्त गर्न सकिने प्रावधान राख्न माग गर्नुभयो । 

उहाँले विश्वविद्यालयभित्र शिक्षक तथा विद्यार्थी सङ्गठन र युनियन गठन गर्न नपाउने व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो । 

संशोधन प्रस्तुत गर्नुहुने नेकपा एमालेका सांसद राजेन्द्रप्रसाद गौतमले योगमाया आयुर्वेद विश्वविद्यालयमा सम्पूर्ण नेपाली विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था विधेयकमा गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button