चिनियाँ विदेश विभाग प्रमुख लिउले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज (सोमबार) प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
नेपालको चार दिने भ्रमणमा रहनुभएका प्रमुख लिउले आज (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
लिउ अहिले बिहान १० बजे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयको अवलोकनका लागि जानुहुने भएको छ । उहाँले मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने छ । आइतबार नेपाल आईपुग्नु भएका लिउले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।
त्यस भन्दा पहिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्