तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चालकको असावधानीले सहचालकको मृत्यु

चितवन । चितवनमा चालकको असावधानीले सहचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ का सुरज नेपाली रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ८ बजेर १० बजे भरतपुर महानगरपालिका वडा नम्बर २५ मा ना ५ ख ९६७ नम्बरको बस बिग्रिएर चालक र सहचालकले बसमुनि मर्मत गरिरहेको अवस्थामा बस चालकले स्टार्ट गरी अघि बढाउने क्रममा बसको मुनि रहेका सहचालक नेपालीलाई अचानक बसले किच्दा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ८ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले बस चालक कुमार गुरुङलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button