कपडा बैंकद्वारा कर्णालीका विपन्नलाई न्यायो कपडा वितरण

जुम्ला – कपडा बैंक काठमाडौंद्वारा कर्णालीका हुम्ला र जुम्लामा न्यानो कपडा वितरण गर्दै आएको छ । चिसो बढेसँगै बैंकले निःशुल्क रुपमा दुर्गममा न्यानो कपडा पठाउन थालेको छ ।
बैंकमा थुप्रिएका कपडालाई दुर्गममा पठाउँदा उचित व्यस्थापनका साथै स्थानीयलाई राहत हुने सोचेर कपडा वितरण शुरु गरेको बैंक कर्मचारी ग्रुपका संयोजक विमल पन्तले बताए ।
उनका अनुसार, कपडा बैंकले प्रयोग भईसकेका कपडालाइ वासिङ मेसिनमा हालेर राम्रो बनाई विभिन्न जिल्लामा निशुल्क पठाउने गरिएको छ । उनले थपे, कर्णालीका केही युवा मिलेर संञ्लान गरिएको कपडा बैंकले नेपालका हिमाली जिल्लाहरुमा न्यायो कपडा सहयोग गर्ने सोच बनाएको बताए । जस अनुसार बैंकका सबै साथीहरु जुटेर कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, पुर्व धादिङ जिल्लामा लुगा पुराएको पन्तको भनाई छ ।
बैंकले गएको साउनदेखि पुराना कपडालाई संग्लन गरी वास मेसिनबाट सफा गरी वितरणका लागि तयार गरिएको थियो । दुर्गम गाउँगाउँमा पुगेर विपन्न नागरिकलाइ (जकेट, स्वीईटर, मोजा, पन्जा, जुत्ता, झोला लगायतका विभिन्न कपडा वितरण गरिएको छ ।

निःशुल्क रुपमा न्यायो कपडा पाएपछि जुम्ला तिला गाउँपालिका सुडिका नागरिक खुसी भएका छन् । स्थानीय कल रावतले भने, निशुल्क न्यायो कपडा किन्ने हामीलाई कपडा बैंकको अभियानले हत्तपत्त नयाँ लुगा किन्न नसक्नेलाई धेरैहदसम्म राहत दिएको सुनाए । गाउँमै ल्याएर दिँदा भगवानकै दर्शन पाए जस्तो लागेको बताए ।
त्यस्तै हुम्लाका नागरिकले पनि कपडा पाउँदा ठुलो राहतको महसुश गरेका छन् । पहिलो चरण अन्तरर्गत सबै जिल्ला गरी एक हजार बढि विपन्न नागरिकलाई निशुल्क न्यायो कपडा वितरण गरिएको पन्तले जानकारी दिए ।
चेपाङ बस्तीमा कपडा लिने तयारी
कपडा बैंकका अनुसार अब छिट्टै चितवन र मकवानपुर आसपासका चेपाङ बस्तीमा न्यानो कपडा लैजाने तयारी भइरहेको छ । चेपाङ बस्तीका विपन्नलाई मंसिर दोस्रो सातासम्म कपडा दिईने छ । बैंकका एक कर्मचारी बब्लु गुप्ताले भने, छोटो समयमा राहतका कामहरु धेरै गरेकाले देश बिदेशबाट उत्तिकै साथ र सहयोग मिलिरहेको छ । धेरै ठाउँबाट कपडा सहयोग आइरहेको छ ।
उनले थपे, तर अब केही आर्थिक सहयोग पनि आए हामीलाई परिचालन हुन सजिलो हुन्थ्यो । बिभिन्न जिल्लामा गएर पुराउँदा लाग्ने खर्च व्यवस्थापनमा समस्या छ । आर्थिक सहयोगको अभावले अझै दुर्गम जिल्ला सम्म पुग्न नसकिएको गुप्ताको भनाई छ ।
काठमाडौंको अनामनगरबाट सुरू भएको कपडा बैंक अहिले देशका विभिन्न ठाउँमा विस्तार भएको छ । प्रयोग गर्न योग्य कपडा, जुत्ता, चप्पल, सिरक, डसना, झोला, टोपी लगायत सामान दिन इच्छुकले कपडा बैंकलाई खबर गर्न समेत आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्