तपाईँ सुन्दै हुनुहुन्छः

मौसमको प्रतिकूलताका कारण जहाजको खोजीमा कठिनाइ

गण्डकी । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।

बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । 

पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजी कार्यलाई तीव्र बनाइएको छ ।

यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो । 

स्थानीय बासिन्दाले धौलागिरि र मानापाथी हिमालको बीचतिर जहाज हराएको हुनसक्ने आशङ्का गरेका कारण उक्त क्षेत्रमा स्थलमार्ग हुँदै नेपाली सेना, प्रहरी, सशस्त्रसहितको टोली गएको पाण्डेले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button