पीडित बालिकालाई नगरपालिकाको पाँच लाख सहयोग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आकस्मिक बसेको बोर्ड बैठकले उल्टाखामकी ११ वर्षीय बालीकाको परिवारलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगरपालिकाको बैठकले पीडित बालिकाको नाममा खाता खोलेर ५ लाख सहयोग गर्ने निर्णय गरेको हो । त्यसैगरी नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम लेखक जोशी लगायत वडा अध्यक्षहरूले सहयोग सङ्कलन गरेर बालिकाको उपचारका लागि रु ३९ हजार ५ सय नगद सहयोग रकम बालीकाका बुवालाई हस्तान्तरण गरेका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख पदम बोगटीले बालीकाको उच्च शिक्षासम्मको पढाई ,स्वास्थ्य उपचार र जीविकोपार्जनका लागि नगरपालिकाले सहयोग गर्ने बताए । ‘प्रदेश सरकारलाई पनि सहयोगका लागि अनुरोध गर्छौ ।’ नगर प्रमुख बोगटीले भने–‘अहिले स्वास्थ्य उपचारका लागि नगर सहयोग गरेका छौ ।’ गत मङ्गलवार बिहान उल्टाखामकी बालिकामाथि ३४ वर्षीय दिनेश मालीले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
आरोपित पुरुष भने सोही दिन झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बालीकाको धनगढी उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्