तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कोशी लोकमार्ग अन्तरगत भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमको छथर गाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो । चेम्जोङ्गको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोटरसाइकलमा चालक कौशिलाका श्रीमान् ३४ वर्षीय रामकुमार लिम्बुलाई समेत सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button