तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित

कञ्चनपुर।कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित शर्माले १० हजार ६ मत प्राप्त गर्नुभएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, पुनर्वासको उपमेयरमा नेपाली काँग्रेसका भुलिया कुमारी राना निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button