तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रका साहको अग्रता कायमै

जनकपुरधाम  । जनकपुरधाम उपमहानगरपालिकाको जारी मत गणनामा स्वतन्त्र तर्फका उम्मेदवार मनोज कुमार साह सुढीको अग्रता कायमै रहेको छ । 

हालसम्म साहले १० हजार १ सय २५ मत प्राप्त गरेर अग्र स्थानमा रहनुभएको छ  । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साह हिराले ८ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, निवर्तमान मेयर तथा जसपाका उम्मेदवार लालकिशोर साहले ४ हजार ४३ मतसहित तेस्रो स्थानमा रहनुभएको छ । लोसपाका उम्मेदवार मनोज चौधरीले ३ हजार ९ सय ९२ मतसहित चौथो स्थानमा रहनुभएको छ ।

उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी साहले ११ हजार ६ सय १६ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुना देवी झा ९ हजार ४ सय ८ मत ल्यार पछ्याइरहनुभएको छ । तेस्रो स्थानमा निवर्तमान उपप्रमुख रिता कुमारी मिश्रले ४ हजार १ सय २० मत ल्याउनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १, २, ३, ४,  ५,  ६, ७, ८, ९, १०, ११ १२, १८, १९ , २०, २१, २२, २३, २४ र २५ को मतगणना सकिएको छ । 

हालसम्ममा ५ वडामा नेकपा एमाले, १ वडामा लोसपा, १ वटामा तमलोपा, २ वटामा स्वतन्त्र उम्मेदवार र बाँकी रहेका ११ वडामा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानल सहित विजयी भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button