बागलुङको जैमिनी नगरपालिकाको प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी
बलेवा । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको हो । पुनले आठ हजार ७५५ तथा यहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलाबहादुर रानाले दुई हजार ८७३ मत पाउनुभयो । उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उशा पौडेलले दुई हजार ६३६ मत प्राप्त गर्नुभयो ।
जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा कांग्रेस, वडा नंं ४ मा नेकपा ९एकीकृत समाजवादी०, वडा नंं ६ मा नेकपा ९माओवादी केन्द्र०, वडा नंं ९ एमाले तथा वडा नंं ३ र १० मा राजमो विजयी भएको छ ।







प्रतिक्रिया राख्नुहोस्