तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कांग्रेसको उम्मेदवारको अग्रता

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोकै अग्रता रहेको छ ।

चन्द्रनगर गाउँपालिकामा मुख्यत नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टी (लोसपा) को प्रतिस्पर्धा भइरहेको छ ।

चन्द्रनगरमा हालसम्मको मत गणना परिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसकाका उम्मेदवार राजकुमार महतोले २ हजार ९१४ मत प्राप्त गर्नुभएको छ भने महतोलाई लोसपाका उम्मेदवार महेन्द्र महतोले २ हजार २२ मत प्राप्त गरी पछ्याइरहनुभएको छ त्यस्तै माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले १ हजार ८८० मत प्रगर्नुभउको छ ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार गिता देवी महतोले २ हजार ४६३ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहालाईलोसपाका उम्मेदवार कुन्ति देवी साहले २ हजार ३२ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । त्यस्तै नेपाली कांग्रेसको उपाध्यक्ष पदका उम्मेदवार मञ्जु सिंहले भने १ हजार ९७८ मत प्राप्त गर्नुभएको चन्द्रनगरका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button