तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेयिामा शक्तिशाली भूकम्प

जकार्ता। इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन । तर अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button