तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा ११ हजार ५४८ मतगणनाको नतिजा सार्वजनिक

सुनसरी । सुनसरीको धरानमा ११ हजार ५४८ मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन कार्यालय धरानले दिएको जानकारी अनुसार मेयर र उपमेयरमा गठबन्धनसँग एमाले उम्मेदवारले मतान्तर घटाउँदै लगेका छन् ।

हालसम्म मेयरमा गठबन्धनका उम्मेदवार किशोर राईले ३६४५ मत प्राप्त गरे भने एमाले उम्मेदवार मञ्जु भण्डारीले २८९५ मत पाएकी छिन् । दुबैबिच मतान्तर ७५० रहेको छ । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २७०९ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्र विक्रम बेघाले ३९५३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ३६४५ मत पाएका छन् । दुवैको मतान्तर ४७७ रहेको छ । धरानमा हालसम्म वडा १, २, ३ र ४ को मतगणना सम्पन्न भइसकेको छ भने वडा ५, ६, ७ र ८ को मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button