तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी गाउँपालिका ४ मा एमालेका उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका जित बहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभएको हो ।

यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्की ले ३५५ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button