श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहनुभएका श्रेष्ठलाई न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश मा सिफारिस गरेको थियो र आजै मात्र संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्