‘गणतन्त्र विरोधीहरू जनताका अधिकार खोस्न उद्यत छन्’
गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरू जनताका समावेशी र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताउनुभएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रचण्डले यथास्थितिवादीहरू माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनुपर्छ भनेर लागिपरेको दाबी गर्नुभयो ।

उहाँले परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्