तपाईँ सुन्दै हुनुहुन्छः

सात प्रदेशका खेलकुद मन्त्री बैठक : १४ बुँदे निर्णय पारित

काठमाडौँ । युवा तथा खेलकुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सात वटै प्रदेशका खेलकुद मन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताउनुभयो ।

पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, खेलकुदका कर्मचारी समायोजन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनका लागि नीतिगत आधार तयार गरी अन्तर तह सहकार्य गर्नेलगायत  छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको अध्यक्षतामा पहिलो पटक सङ्घीय र प्रदेशका मन्त्री/सचिवसहितको विषयगत समितिको बैठक भएको हो । 

खेलकुदसम्बन्धी योजना, नीति, कार्यक्रम, बजेटको अवस्था, पूर्वाधार तथा कर्मचारी समायोजन लगायतका विषयमा भएको छलफलपछि बैठकले १४ बुँदे निर्णय पारित गरेको उहाँले जानकारी दिनुभयो । 

बैठकमा मन्त्री गहतराजले सङ्घीयताको मर्मबमोजिम नेपाल: स्काउट र युवा परिषद्लाई सङ्घीय संरचनामा लैजानुपर्ने भएकाले  आवश्यक नीति तर्जुमा गर्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “वर्तमान बजेट संरचनाले खेलकुदको विकास सम्भव छैन, निजी क्षेत्रका सहभागिता, समन्वय र सहकार्य आवश्यक छ, खेल क्षेत्रमा दातृ निकासको सहयोग ल्याउन सक्ने आधार छन्, त्यो गर्नपर्छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button