तपाईँ सुन्दै हुनुहुन्छः

‘लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु’

गोरखा । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

File photo

नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्‍याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताउनुभएको हो ।

लाप्राकको नमुना बस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उहाँले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिनुभएको हो । अध्यक्ष नेपालले लाप्राकसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्व प्रधानमन्त्री नेपालले जोड दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button