तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय टोली बाली जाँदै

काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घ तथा इन्डोनेसियाको संसद्को आयोजनामा बाली इन्डोनेसियामा हुन गइरहेको अन्तर व्यवस्थापिका सङ्घको १४४‌ औँ सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज बाली प्रस्थान गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्ले जनाएको छ । 

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा, प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की, उमाशङ्कर अरगरिया, सङ्घीय सांसदका महासचिव डा। भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, अध्यक्षको प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय समावेश हुनुहुन्छ । 

उक्त सम्मेलनमा अध्यक्षले “Getting to Zero: Mobilizing Parliaments to act on Climate Change” शीर्षकमा आफ्नो धारणा व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी सम्मेलनको विशेष सत्रमा “Harnessing Global Parliamentary Support for Vaccine Equity in the Fight against the COVID-19 Pandemic” विषयमा नेपालको संसद्ले गरेका गतिविधिहरूका सम्बन्धमा सम्माननीय अध्यक्षले संक्षिप्त जानकारी प्रस्तुत गर्नु हुनेछ । 

सोही अवसरमा Governing Council औँ सत्रमा सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउनु हुनेछ । उक्त अवसरमा Standing Committee on Peace and International Security, Standing Committee on Democracy and Human Rights, Standing Committee on Sustainable Development र Standing committee on United Nations Affairs शीर्षकहरूमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ भने महिला संसद् सदस्यहरूको बैठक एवं छलफलमा अनिता देवकोटा र युवा संसद् सदस्यहरूको बैठक एवं छलफलमा उमाशङ्कर अरगरियाले सहभागिता जनाउनु हुने कार्यक्रम रहेको सङ्घीय संसद्ले जनाएको छ । 

सुरेन्द्र कुमार कार्कीले “Engaging for a Universal Ban on Nuclear Tests”  विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्नुहुने छ । उक्त सम्मेलनसँगै सञ्चालन हुने Association of Secretaries General of Parliaments (ASGP) सम्मेलनमा सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतम सहभागी हुनुहुने कार्यक्रम रहेको छ । 

सम्मेलनमा सहभागी हुनका लागि संसदीय प्रतिनिधिमण्डल  आज शुक्रवार बेलुका ९:३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने र चैत्र ११ गते शुक्रवार बेलुका ८:२५ मा नेपाल फर्कने समय तालिका रहेको सङ्घीय संसद्ले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button