बाटो खन्नु मात्र विकास होइन : अर्थमन्त्री शर्मा

रोल्पा । अर्थमन्त्री जर्नादन शर्माले बाटो खन्नु मात्र विकास नभएको बताउनु भएको छ ।
रोल्पा उद्योग वाणिज्य सङ्घको १८ औँ साधारणसभाको उद्घाटन कार्यक्रम, स्मारिका विमोचन तथा नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिन सदरमुकाम लिवाङ आइपुग्नु भएका मन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।
उक्त स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री शर्माले भन्नुभयो जनप्रतिनिधिहरू जनताको सेवक भएकोले जनताको हरेक समस्यालाई सम्बोधन गरी जनताको जीवनस्तर उठाउन तर्फ लाग्नुपर्छ ।

नयाँ उत्पादनमूलक क्षेत्रको पहिचान गरी उत्पादनमा जनतालाई जोड्नुपर्ने बताउनु हुँदै बाटोको ट्र्याक खोल्नु मात्र विकास नभएको मन्त्री शर्माले बताउनुभयो ।
उहाँले जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा योजनाबद्ध तरिकाले लगानी गरेपछि मात्र विकास हुने र आयातित बस्तु भन्दा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न बस्तुहरूलाई निर्यात गर्न सके मात्र जनताको आय स्तरमा वृद्धि हुन बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्