तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसी बारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

फाइल तस्बिर

मोरङ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हाम्रो आफ्नो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नुभयो । 

महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै  सन्धि सम्झौतामा जे छ त्यही  बुझाइलाई स्पष्ट पारिएको मात्र हो भन्नुभयो ।

उहाँले एमसिसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसद्बाट सहज रुपमा पारित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राख्नुभयो । 

महामन्त्री थापाले आगामी दुई/चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भन्नुभयो । उहाँले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलाई आगामी पाँच/सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भन्नुभयो ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको स्पष्ट पार्दे  चुनावमा गठबन्धन हुँदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार  गर्दै जाने  धारणा राख्नुभयो । 

उहाँले कांग्रेस सदैव बहुदलवाद र  संसदीय पद्धतिमा आधारित पार्टी भएकाले  आफ्नो नीति र एजेन्डा लिएर जनता समक्ष जाने हो भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button