तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनको आइतबार बस्ने बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउने : प्रवक्ता कार्की

फाइल तस्बिर

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबार बस्ने सत्तागठबन्धनकोे बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि प्रवक्ता कार्कीले गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान १० बजे बस्ने जानकारी दिँदै उक्त बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई निष्कर्षमा पुर्‍याउनेमा विश्वस्त रहेको जानकारी दिनुभयो ।

यस्तै हिजो साँझ गठबन्धनको बैठक पछि पुर्वप्रधानमन्त्री तथा विपक्षीदलका  नेता केपी शर्मा ओलीसँगको भेटघाटको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा प्रवक्ता कार्कीले संसद्लाई जीवन्त राख्ने र सञ्चालन गर्नको लागि प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने भन्दै संसद् सुचारुकै विषयमा छलफल भएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button