तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।  
आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । 

केही दिनअघि स्वास्थ्यमा उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button