तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई जबरजस्ती करणी गर्ने अभियुक्तलाई १२ बर्ष कैद फैसला

भक्तपुर । जिल्ला अदालत भक्तपुरले जबरजस्तीकरणी गर्ने अभियुक्तलाई १२ बर्ष कैद फैसला सुनाएको छ । 

सिन्धुली घर भएका विजय भन्ने आशिष् नेपालीले सिन्धुलीकै विद्यालयमा अध्ययनरत एक १५ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोग पुष्टि भएपछि अदालतले नेपालीलाई १२ बर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो ।

मङ्गलवार अदालतले १२ बर्ष कैदसहित क्षतिपूर्ति रकम भराउने फैसला गरेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

विवाह गर्छु भनी प्रलोभनमा पारी ललाइफकाइ भक्तपुरस्थित आफ्नो डेरामा ल्याई डर, धाक धम्की समेत दिई बालिकालाई पटक पटक जबरजस्तीकरणी गरेको कसुरमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । 

अनुसन्धान पश्चात् प्रहरीले गत मङ्सिरमा मुद्दा पेस गरेकोमा जिल्ला अदालतले तत्काल पुर्पक्षको लागि कारागार चलान गरेको थियो ।

पीडित बालिका परिसरको पहलमा हाल माइती नेपाल काठमाडौँको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button