तपाईँ सुन्दै हुनुहुन्छः

जनमत पार्टीको कार्यकर्ताद्वारा आठ वटा गाडीमा तोडफोड

जनकपुरधाम । मधेस प्रदेशमा जारी रहेको राष्ट्रियसभा चुनाव अवरोध गर्ने उद्देश्यले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले मतदानका लागि आउने मतदाता चढेको आठ वटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पुर्‍याएको छ । 

राउतका कार्यकर्ताहरूले जनकपुरधामको पिडारी चौकमा लाठी, ढुङ्गा मुढा गरेर जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । 

यसैगरी, अन्य सात वटा गाडी तोडफोड गरेर क्षति गरेको छ । साथै प्रदेशसभाका सदस्य यादवको हात भाँचिदिएको छ । 

राउतका कार्यकर्ताले प्रदेश २–०३–०१ झ ००२०, २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बरको गाडीमा तोडफोड गरेका छन् । उनीहरूको तोडफोडका क्रममा सर्लाही जिल्लाका हरिवन नगरपालिकाको नगरप्रमुख गणेशप्रसाद साह र उपमेयर रेणुका पौडेल पनि घाइते हुनुभएको छ । 

किसान आन्दोलन अन्तर्गत कार्यकर्ताहरूले मतदान अगाडी मल देउँ भन्दै जनकपुरधामको ठाउँ ठाउँबाट प्रदर्शन गरेको कतिपय स्थानमा प्रहरीसँग झडप  समेत भएको थियो । दुई पक्षका बीचमा झडप हुँदा राउतका आठ जना कार्यकर्ता तथा चार जना प्रहरी घाइते भएका छन् । 

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो । 

झडपमा घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाम सहितका अन्य स्वास्थ्य संस्थाहरूमा उपचाररत भइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button