तपाईँ सुन्दै हुनुहुन्छः

काग तिहारको अवसरमा भोलि कागेश्वरीमा विशेष कार्यक्रम हुने

काठमाडौँ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भोलि काग तिहारको अवसरमा वडा नम्बर १ मा रहेको कागेश्वरी धाममा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी क्षेत्रमा २०७४ सालमा अष्टधातुको २ सय २० किलोको कागको प्रतिमा स्थापना गरेसँगै काग तिहारको दिन विशेष कार्यक्रम गर्ने गरिएको ३ नम्बर प्रदेशका प्रदेश साँसद रामेश्वर फुयालले जानकारी दिनुभयो ।

कागेश्वरी क्षेत्रमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र काठमाडौं महानगरपालिकाको सहयोगमा कागेश्वरी धाममा भौतिक पूर्वाधारका साथै उद्यान निर्माणको कार्य भइरहेको छ ।

अमेरिकाको मिनेसोतामा ४२ फिट अग्लो र इन्डोनेसियामा १४ सय किलोको कागको प्रतिमा रहेकोमा विश्वमै ठूलो कागको प्रतिमा निर्माण गर्नका लागि तामा र पित्तलका पुराना भाँडाहरुको कवाड संकलन अभियान शुरु गरिएको साँसद फुयालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button