अमहोङ गिल ह्युमान फाउनण्डेशनद्वारा १६ विद्यालय भवन निर्माण

काठमाडौँ – नेपालको शैक्षिक विकासमा सहयोग पुर्याउँदै आएको अमहोङ गिल ह्युमान फाउनण्डेशनले देशका विभिन्न स्थानका १६ वटा विद्यालयका भवनहरूको निर्माण गरेको छ ।
फाउन्डेशनले स्थापनाको १० वर्ष पुगेको अवसरमा बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यस अवधिमा करिब ५५ करोड रूपैयाँ लगानी गरी १६ वटा विद्यालयका भवनहरू निर्माण गरिएको जनाएको छ ।
कार्यक्रममा फाउन्डेशनका संस्थापक दक्षिण कोरियाली नागरिक आमहोङ गिलले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका भरिया एवं नेपाली सहयात्रीहरूको सम्मानमा ती विद्यालयहरूको निर्माण गरेको बताउनुभयो ।
उहाँले फाउन्डेशनले आगामी दिनमा विद्यालय भवनको निर्माण संग–संगै दुर्गम तथा विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने विद्यालयको शैक्षिक सुधारका लागि पुस्तकालयको स्थापना, छात्रावास निर्माण, शिक्षक तालिम एवं दक्षिण कोरिया र नेपालका विद्यार्थीहरू बीच अन्तरक्रिर्या लगायतका क्षेत्रमा ध्यान दिनेसमेत जानकारी दिनुभयो ।
अमहोङगिल संसारका ८ हजार मिटर भन्दा अग्ला १६ वटै हिमाल आरोहण गर्ने प्रथम व्यक्ति हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्