उन्नत जातको आलुको बिउ वितरण

धनकुटा ।शहिदभुमि गाउँपालिका वडा नं ४ खोकुले एक कार्यक्रमका बिच सर्वोत्कृष्ट ,उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको बिउ वितरण गरेको छ ।
एमाले जिल्ला पार्टी अध्यक्ष तथा सङ्घीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वइटल १४ केजी आलुको बिउ वडा नं ४का कृषकलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्नु हुँदै सङ्घीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनताको जीवनमा परिवर्तन ल्याउन , आर्थिक रूपान्तरण गर्नका लागि कृषि क्षेत्रमा प्राविधिक विषयलाई जोड दिनु पर्ने बताउनुभयो ।
किसानलाई कसरी व्यवसायीकरण र आधुनिकीकरण गर्न र कृषिमा आधुनिकीकरण ल्याउनका लागि एमाले पार्टीले सधैँ गम्भीर सँग सोचेर काम गरिरहेको बताउनुभयो । साथै सहिदभुमिमा किसानको जीवन स्तरमा सुधार गर्नका लागि कृषि क्याम्पसको व्यवस्था गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा तरकारी उत्पादनमा सर्वोत्कृष्ट भएका ४ जना कृषकलाई सम्मान गरिएको छ । जस अनुसार जयकुमार राई,ओमप्रकाश खड्का, मित्र बहादुर राई र बिना राई रहेका छन् । त्यस्तै तरकारी उत्पादन गरेर उत्कृष्ट भएका २५ जना कृषकलाई पनि सम्मान गरेका थिए ।
वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैयाँ बराबरको उन्तजातका खोकुको हावा पानी माटोमा खेती गर्न मिल्ने कार्डिनल जातको आलुको बिउ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्