तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा खोलाले बगाएर वृद्धको मृत्यु

अछाम । अछाममा खोलाले बगाएर एक वृद्धको ज्यान गएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका  ६५ वर्षीय बुदे मयालको खोलाले बगाएर ज्यान गएको हो ।

कामबाट घर फर्किने क्रममा स्थानीय बल्लेखोला तर्दै गर्दा हिजो साँझ खोलाले बगाएर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको ठाउँबाट करिब २० मिटर तल उनी मृत अवस्थामा भेटिएका शान्तडा प्रहरी चौकीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button