प्रदेश १ मा थप ५७४ जना कोरोना संक्रमित
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० जनामा संक्रमण पुष्टि भएको छ भने ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्