बागमती प्रदेशका नवनियुक्त दुईद्वारा मन्त्री शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त दुई प्रदेश मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डे र सामाजिक विकास मन्त्री कृष्ण खनाललाई शपथ ग्रहण गराउनु भएको हो । दुबै नवनियुक्त मन्त्रीलाई बुधबार राति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नियुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्