तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् तथा खानेपानीको महसुल एप्समार्फत भुक्तानी

स्याङ्जा  ।  स्मार्ट सिटिको अवधारणामा अगाडि बढिरहेको वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महसुल बुझाउने सुविधा प्राप्त गरेका छन् । 

एप्सको प्रयोग गरी घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै विद्युत् तथा खानेपानीको महसुल भुक्तानी गर्न मिल्ने भएको हो । 

अव विद्युत् तथा खानेपानीको महसुल भुक्तानीका लागी कार्यालयमै जानुपर्ने बाध्यता हटेको छ । 

कोभिड संक्रमण बढिरहेका बेला घरमै बसेर भुक्तानी गर्न पाउने भएपछि संक्रमण फैलने जोखिम कम भएको स्थानीयको भनाई छ । 
 

बुटवल पावर कम्पनी तथा वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाइल एप्स, खल्ती र कनेक्टिङ आइपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

नगरपालिकाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजश्व तथा विद्युत् र खानेपानी कार्यालयको महसुल भुक्तानी गर्न पाउने नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो । 

कार्यालयसम्म पुग्न नपर्ने भएपछि नागरिकलाई समयको समेत बचत हुने र कोभिडको सङ्क्रमणको डर समेत कम हुने प्रमुख खाँणको भनाई छ । 

घरमै बसेर पनि राजश्व भुक्तानी गर्न सकिने प्रविधि सञ्चालन गरिसकेको नगरपालिकाले विद्युत् र खानेपानीको भुक्तानी पनि एप्समार्फत गर्न सकिने बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button