फोहोरमैला व्यवस्थापनका लागि घर घरमै निःशुल्क डस्टविन वितरण

वीरगंज । वीरगंज महानगरपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि फोहोरमैला पृथकीकरण तथा वर्गीकरण घर–घरमै गर्नुपर्ने नीति अवलम्बन गरेको छ ।
महानगरपालिकाले सोही अनुरूप दोस्रो चरणमा महानगरपालिकाको वडा नं १, २, ३, ११, १३, १४, १५ र १६ का वडावासीका सम्पूर्ण घरधुरी तथा पसल धनीहरुलाई कुहिने फोहोरको लागि हरियो डस्टबिन र नकुहिने फोहोरको लागि रातो डस्टबिन निःशुल्क वितरण गरेको छ ।
महानगर प्रमुख विजय कुमार सरावगीले कुहिन फोहोर राख्नका लागि हरियो डष्टविन र नकुहिने फोहोर राख्नका लागि घरधनी र पसल धनीहरूलाई डष्टविन वितरण गर्नुका साथै जनचेतनाको कार्यक्रम पनि गरेको नगर प्रमुख सरावगीले बताउनुभयो ।
स्वच्छ तथा सफा वीरगंज महानगरको लागि गरिएको यो प्रयासलाई सफल पार्न वीरगंज महानगरपालिका कार्यालयले सम्पूर्ण नगरवासीको सहयोग तथा सहकार्यको लागि अपिल समेत गरेको छ ।
महानगर प्रमुख सरावगीले आज विभिन्न वडाहरूमा पुगेर फोहोर वर्गीकरण र व्यवस्थापनका लागि निःशुल्क डष्टविन वितरण गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्