तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

Ind

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसै गरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरूले जनाएका छन् ।

सक्रिय सङ्क्रमितहरूको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरूको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.४८ प्रतिशत सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button