तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको पुरानो नगरपालिका राजविराजले मुहार फेर्दै

सप्तरी । मुलुककै पुरानो तथा पहिलो घोषित भएको राजविराज नगरपालिकाले अहिले मुहार फेर्दै छ ।
करिब ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकामा अहिले ढल निकासको लागि नाला, सडकहरू फराकिलो, हटियाको व्यवस्थापनको लागि भवन, पार्किङको लागि बस स्टेसन लगायतका भौतिक पूर्वाधारका कामहरू दिन रात धमाधम भइरहेको छ ।
सन १९३८ मा भारतको गुलाबी सहर जयपुरको डिजाइनमा बनाइएको राजविराज सहरलाई बिस. २०१६ सालमा नेपाल सरकारले नगरपालिका घोषणा गरेको थियो । नगरपालिका घोषित भएको दशकौँ भए पनि नाम मात्रैको नगरपालिका रहेको थियो ।
जसले नगरपालिका हुन सक्ने सामान्य मापदण्ड पनि पुरा गर्ने सकेको थिएन । त्यही भएर त हो, अहिले सम्म राजविराज नगरपालिका उपमहानगरपालिका अथवा अन्य कुनै स्थानमा उक्लिन नसक्नु ।
सङ्घीयता पछि राजविराज नगरपालिकाले विगतका वर्षहरूमा गर्न नसकेका कामहरू अहिलेका वर्षहरूमा धमाधम भइरहेको बताउनु हुन्छ, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव ।
राजविराज नगरपालिकालाई थप व्यवस्थित गर्ने सडकको दुवै तिर नाला निर्माण कार्य भइरहेको छ भने, हटिया व्यवस्थापन गर्ने सुविधा सम्पन्न भवनका कामहरू पनि लगभग ९० प्रतिशत भइसकेको नगर प्रमुख यादवले बताउनुभयो ।
झन्डै ७० हजार जनसङ्ख्याको बसोबास रहेको राजविराज नगरपालिकाको मुहार फेर्ने क्रममा बाधा अवरोध तथा चुनौती पनि नआएको पनि होइन । दिन दिनै नयाँ नयाँ समस्या आइरहे पनि हामीले त्यसलाई सबैको साथ र सहयोगले हल गरी अगाडि बढिरहेका छौ भन्नु हुन्छ नगर प्रमुख यादव ।
भौतिक पूर्वाधारका कामका जिम्मेवारी पाएका कम्पनीहरूले समयमा काम गर्न सकेका छैन जसको कारण आम जनतालाई थप समस्या भोग्नु परेको स्थानीयहरू बताउँछन् ।
नगरपालिकाको मुहार फेर्ने क्रममा यदि समयमा काम गर्ने सकेन भने अब आउन सक्ने मनसुनका कारण नगरवासीले अहिले सम्म पाएका समस्या भन्दा पनि कयौँ गुण बढी समस्या भोग्नु नपर्ला भन्न सकिन । त्यसैले राजविराज नगरपालिकाको बदलिँदो स्वरूपमा सबैको साथ र सहयोगको आवश्यकता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button