तपाईँ सुन्दै हुनुहुन्छः

युवा स्वरोजगारीका लागि स्थानीय सरकारको प्रावधान सम्बन्धी अन्तरक्रिया

अछाम ।  युवा स्वरोजगारीका लागि स्थानीय सरकारको प्रावधान सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रन र वाक नेपाल अछामको सहयोग तथा बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा पालिका अन्तरगतका युवा उद्यमीहरूलाई युवा स्वरोजगारीका लागि स्थानीय सरकारको प्रावधान लगायतका विषयमा छलफल भएको थियो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कुल बहादुर सेट्टीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सेट्टीले युवाहरूलाई गाउँमै स्वरोजगार बनाउनका लागी पालिकाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो ।
स्थानीय सरकार आइसकेपछि वडा देखी पालिकाले युवाहरू लाई उद्यमी बनाउँदै रोजगार बनाएको बताउनुभयो । उहाँले विभिन्न सङ्घ संस्था र पालिकाले दिएको तालिमहरू सिकेर सही ठाउँमा लागू गर्न सहभागी उद्यमीहरूलाई आग्रह गर्नुभयो ।
साथै उहाँले विगतका दिनमा कोरोनाको सङ्क्रमणका कारण प्रभावित भएको बान्निगढी कुखुरा दाना उद्योगलाई सञ्चालन गर्नका लागि पालिकाले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जोशीले देशका खम्बाको रुपमा चिनिने युवाहरूको क्षेत्रमा लगानी गर्न गाउँपालिकाले कुनै कञ्जुस्याईँ नगर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button