बिश्वकर्मा पुजा गर्ने क्रममा आगलागी हुदाँ कैलालीमा ४० लाख बराबरको क्षति
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ४ स्थित केवी अटो पार्टस्मा आगलागी हुदा ४० लाख बराबरको क्षति पुगेको छ ।
आज बिश्वकर्मा पुजा गर्ने क्रममा उक्त अटोपाट्समा आगलागी भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कमाुर बस्नेतले आगलागीबाट ४० लाख बराबरको क्षती भएको बताउनुभयो ।
आगलागीलाई धनगढी उपमहानगरपालिका कार्यालयबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्