दुई सय रुपैंयाले बढ्यो सुनको मूल्य
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले बढेको छ । आईतबार प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य सोमबार ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने ५ रुपैंयाले घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्