बैतडीमा हालसम्म ५ सय १७ जनाले कोरोना जिते
बैतडी । बैतडीका हालसम्म ५ सय १७ जनाले कोरोना जितेका छन् ।
५ सय ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ५ सय १७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
जिल्लाका ४ स्थानीय तहका सबै सङ्क्रमितले कोरोना जितेका हुन भने अन्य ६ स्थानीय तहमा अझै सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म मेलौली नगरपालिकाका ४७, सिगास गाउँपालिकाका ५५, पञ्चेश्वर गाउँपालिकाका ६३ र शिवनाथ गाउँपालिकाका ५१ जनामा कोरोनाले कोरोना जितेका हुन् ।
यस्तै पाटन नगरपालिकाका ८६ जना मध्ये ८५ जनाले कोरोना जितेका छन् ।
दशरथचन्द नगरपालिकाका १ सय ३५ सङ्क्रमितमध्ये ९३, डिलाशैनी गाउँपालिकाका २९ मध्ये १२, सुर्नया गाउँपालिकाका ४१ मध्ये ३९, दोगडाकेदार गाउँपालिकाका ५० मध्ये ४९, पुर्चौडी नगरपालिकाका २५ मध्ये २३ जनाले कोरोना जितेका हुन् ।
कोरोनाकै कारण बैतडीको पुर्चौडीका एक जनाको मृत्यु भइसकेको छ भने हाल ६४ जना सक्रिय अवस्थामै रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्