तपाईँ सुन्दै हुनुहुन्छः

उडानमा नेपालले पनि स्वास्थ्य निर्देशिका जारी गरेको छ : मन्त्री भट्टराई

काठमाडौँ-संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले अन्तराष्ट्रिय नागरिक उड्यन संगठनको निर्देशिकामा आधारित रहेर नेपालले पनि उडान सम्बन्धी सम्पूर्ण क्रियाकलापमा स्वास्थ्य निर्देशिका जारी गरेको बताउनु भएको छ ।

अन्तराष्ट्रिय उड्यन दिवश २०२० को अवसरमा एक प्रेस विज्ञप्ती जारी गर्दे मन्त्री भट्टराइले उडान सम्बन्धि कार्यमा अन्र्तराट्रिय नागरिक उड्यन संगठनको भूमिकाको प्रशंसा गर्नु भएको हो ।

मन्त्री भट्टराईले विश्वका अन्य क्षेत्रहरुमा जस्तै उडान क्षेत्रमा पनि कोरोनाको ब्यापक असर परेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराइले कोरोना भाइरस महामारीका कारण यो बर्ष आन्तरिक उडानमा ६५ प्रतिशत यात्रुको संख्या घटेको र अन्तराष्ट्रिय उडानमा ७२ प्रतिशत यात्रुको संख्या घटेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button