तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा बहिनी कौशल्या कोइरालाको हातबाट टिका ग्रहण

 काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाउनु भएको छ ।

बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयो । सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीज्यूलाई टीका लगाइदिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button