अछाममा पालिका स्तरीय भलिबलको उपाधि जगत जनरल स्टोरलाई
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा सम्पन्न भएको पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि जगत जनरल स्टोर धारासैनले हासिल गरेको छ ।
पञ्चदेवल अनुरा युवा क्लव दर्नाको आयोजनामा भएको पालिका स्तरिय भलिवल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै जगत जनरल स्टोरले उपाधि हात पारेको हो ।
दर्नाको माझेठानामा भएको प्रतियोगीतामा उपाधि हासिल गरेको जगत जनरल स्टोरले ५० हजार १ सय नगद सहित मेडल तथा टर्फी हात पारेको छ । २७ वटा टिमको सहभागिता रहेको खेलमा आयोजक पञ्चदेवल अनुरा युवा क्लब उपविजेता बन्दै २५ हजार नगद हात पार्यो ।
२७ टिमका खेलाडी मध्ये पञ्चदेवल अनुरा युवा क्लवका गोविन्द बिकले उत्कृष्ट खेलाडिको उपाधि हात पारेका छन् ।
यस्तै अनुशासन तर्फ महेश टमट्टा, राईजींग खेलाडी तर्फ कमल कठायत, उत्कृष्ट स्पाईकरमा जगत जनरल स्टोरका बिन्दुराज खत्री, उत्कृष्ट लिफ्टरमा अर्जुन ढुंगाना, उत्कृष्ट ब्लकरमा रोशन अधिकारी, उत्कृष्ट लिव्रोमा आयोजकका रुप कठायत उत्कृष्ट बन्दै उपाधि हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगिताको समापन गर्दै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष कृष्ण कडायतले खेलकुद क्षेत्रको बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । वडा अध्यक्ष कडायतले दर्नामा हरेक बर्षको दिपावलीमा खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि खेल क्षेत्र ठप्प रहेको बेला प्रतियोगिता आयोजना गरिएको र सफलता साथ सम्पन्न भएको क्लवका अध्यक्ष खेमराज ओझाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्