तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस्, जंगी अड्डामा भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका रहनुभएका नरवणेलाई बिहीबार नेपाली सेनाले आर्मी हेडक्वाटरमा गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणेलाई सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

आजै नरवणेलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button