कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाका सबै सेवा बन्द
सल्यान- कालीमाटी गाउँपालिकाका कार्यरत कर्मचारीमा कोरोना भाइरस देखिएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत एक कर्मचारी र समुदायका एक जनाको कोरोना संक्रमण पुष्टि भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण काम स्थगित गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभयो ।
संक्रमित दुवैजना होम आइसोलेसनमा बसी रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्