विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

सुनसरी । कोरोना संक्रमणका कारण विराटनगरमा २ जनाको मृत्यु भएको छ । शनिबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका २ इलाम घर भएकी ५९ वर्षीय महिला र सुनसरीको गढी गाउँपालिका ९ घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा भर्ना गरिएको उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।
सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ४ कात्तिकमा नोबेलमा भर्ना भएका उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।
पुरुषमा निमोनियाको समस्या थियो । उपचारकमा क्रममा शनिबार बिहान मृत्यु भएको दाहालले जानकारी दिए ।







प्रतिक्रिया राख्नुहोस्