उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा आज थप एक हजार ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरूमा काठमाडौँमा एक हजार चार सय ३१ जना, ललितपुरमा एक सय २३ जना, र भक्तपुरमा एक सय ४८ जना गरी आज उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी आज देशभर तीन हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
त्यस्तै आज देशभर आज दुई हजार १०८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९६ हजार ६०९ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ यो सँगै मृतकको कूल सख्या ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्